a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

सिंगो लड्डु

छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दुई टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् ।

खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै लड्डु देखेर कान्छा भुइँमा पल्टेर लडिबुडी खेल्दै सिँगै लड्डु खान्छु भन्दै रुन थाल्यो ।

आधा लड्डु लिएर आमा भान्छामा गइन् र हत्केलाले आधा लड्डुलाई थिच्दै गोलगोल घुमाउँदै सिंगो लड्डु बनाइन् । अनि प्लेटमा लड्डु राखेर कान्छालाई दिइन् ।

सिंगो लड्डु पाएर कान्छा खुशी भयो ।

(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)

माथि

शीर्षक

पहिलो पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of