हान्स
क्रि एन्डरसन
सलाई बेच्ने सानी केटी
धेरै
वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो
थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा
एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा
र कपाल दुबै नाङ्गा थिए । हुन त उनी घरबाट हिँडदा उनका खुट्टामा
एक जोडी चप्पल थियो । वास्तवमा त्यो चप्पल उनकी आमाको थियो
। तर त्यो चप्पल यति धेरै ठूलो थियो कि उनले बाटो काट्दा दुइटा
ठूला गाडीहरू बेतोडले दौडेको हुनाले ती गाडीबाट जोगिन खोज्दा
ती चप्पल उनका खुट्टाबाट हराए । एउटा चप्पल भेटिँदै भेटिएन
। अर्को चप्पल एउटा केटाले ठूलो भएपछि आफ्नो बच्चालाई डाँडी
बनाउन काम लाग्छ भनेर जबर्जस्ती लग्यो ।
यसैले सानी केटी नाङ्गा खुट्टाले हिँडिरहेकी थिइन्
। चिसोले गर्दा उनका गोडाहरू राता र नीला भइसकेका थिए
। एउटा थाङ्ने थैलोमा केही सलाईहरू र हातमा एक मुठा
सलाईका काँटी लिएर उनी बेच्न हिँडेकी थिइन् । तर दिनभरि
घुम्दा पनि कसैले उनको सलाई किनेेको थिएन । न त कसैले
उनलाई सुका पैसा नै दिएका थिए । जाडो र भोकले लुग्लुग
काम्दै उनी कुक्रुक्क परेर हिँडिरहेकी थिइन् । बिचरी
ती केटी दुःखकी मूर्तिजस्ती देखिन्थिन् । उनका नरम कपालमाथि
बरफको भुवा झरिरहेको थियो । बरफका भुवाजस्ता डल्लाहरू
उनको कुममाथि थुप्रिएको थियो । तर उनलाई त्यसको वास्तै
थिएन ।
सडक किनाराका घरका झयालहरूमा बत्ती बलिरहेका थिए ।
नयाँ वर्षको अघिल्लो साँझ भएको हुनाले घरघरमा नयाँ वर्ष
मनाउन मिठामिठा परिकार पाकिरहेका थिए । हाँसको सेकुवाको
लोभ्याउने गन्ध फैलिएको थियो । मानिसहरूले नयाँ वर्ष
मनाउने तयारी गरिरहेको कुरा सानी केटीलाई थाहा थियो
। दुइटा घरको बीचको एउटा कुनामा उनी थचक्क बसिन् र घुँडाको
माझमा च्युँडो राखेर सकेसम्म खुम्चिइन् । तर यसरी पनि
उनले जाडो भगाउन सकिनन् । एक डब्बा सलाई पनि नबिकेको
र घरमा लैजान एक मोहोर पनि नभएकोले उनी घर फर्कनसकिनन्
। सलाई नबेची घर गएको खण्डमा उनको बाले उनलाई पिट्ने
निश्चित थियो । यस बाहेक घरभित्र पनि यहाँजस्तै चिसो
थियो, उनीहरूको एकतले घरको भित्ताका प्वालहरू पराल र
थाङनाले टाले पनि छानामुनि निक्कै बतास चल्थ्यो ।
चिसोले गर्दा उनका सानासाना हातहरू कठयाँग्रिएर झण्डै
जमे । सलाईको काँटी भित्तामा कोरेर बाल्नसके कठयांग्रिएका
औँलाहरूलाई नरम पार्न सकिन्थ्यो होला । एक मुठा सलाईबाट
एक काँटी सलाई झिकेर के होला र ? उनले भित्तामा एउटा
काँटी रगडिन् । झयार्र्रर्र गरेर काँटी बल्यो । बलेको
काँटीमाथि उनले हात राखिन् । त्यसले सानो मैनबत्तीले
जस्तै न्यानो र उज्यालो दियो । साँच्चै नै त्यो अनौठो
उज्यालो थियो । उनलाई ठूलो न्यानो अगेनोको छेऊमा बसेजस्तो
लाग्यो । सलाईको काँटी कस्तो राम्रोसँग बल्यो ! उनलाई
यस्तो न्यानो लाग्यो कि गोडा पनि तताउने बिचारले उनले
गोडा अगाडि पसारिन् । तर सलाईको काँटी निभ्यो । न्यानो
अगेनो गायब भयो । उनको हातमा आघा डढेको ठूटोमात्रै बाकी
रहृयो ।
उनले अर्को काँटी भित्तमा कोरिन् । झिलिक्क भएर ज्वाला
निस्क्यो । त्यसको उज्यालो जहाँ पर्यो त्यो भित्ता झुल
जत्तिकै पारदर्शी भयो । उनले कोठाभित्र हर्ेन सकिन्
। हिउँजस्तो सेतो कपडाले टेबुल छोपिएको थियो । त्यसमाथि
भोजका परिकारहरू सजाइएका थिए । सिँगै हाँस सेकेर राखिएको
थियो । त्यसलाई स्याऊका टुक्रा र किसमिसले सिँगारिएको
थियो । अझै अनौठो के भयो भने हृयाकुलोमा चक्कु र काँटा
रोपिएको हाँसको त्यो सिँगो सेकुवा किस्तीबाट उफ्रेर
तल ओल्र्यो र सानासाना पाइला चालेर कोठाको भुइँ पार
गरेर सानी केटीकहाँ आइपुग्यो । त्यसै वेला सलाई निभ्यो
। त्यसपछि त उनको सामुन्ने बाक्लो, भिजेको र चिसो भित्ताबाहेक
केही देखिएन ।
उनले फेरि अर्को काँटी कोरिन् । यस पटक उनले आफूलाई
सिँगारिएको राम्रो क्रिसमस वृक्षमुनि पाइन् । उनले धनी
व्यापारीको घरमा ऐनाको ढोकाबाट देखेको क्रिसमस वृक्षभन्दा
यो धेरै ठूलो र राम्रो थियो । रुखका हरिया हाँगाहरूमा
हजारौँ मसिना मैनबत्तीहरू बलिरहेका थिए । पसलका सोकेसहरूमा
देखेजस्ता रङ्गीन चित्रहरू त्यसमा झुण्डयाइएको थिए ।
सानी केटीले क्रिसमसको रुखतिर हात फैलाइन् , अनि त्यसै
बेला सलाई निभ्यो ।
क्रिसमसका बत्तीहरू माथिमाथि हुँदै गए । यतिमाथि गए
कि तिनीहरू आकासका ताराजस्ता देखिए । अनि उनले एउटा
तारा खसेको देखिन् । तारा झर्दा त्यसको पछाडि आगोको
रेखाजस्तो देखियो । "कोही मर्न लागेजस्तो छ,"
सानी केटीले सोचिन् । तारा झर्दा कुनै आत्मा र्स्वर्गमा
जान्छ भनेर उनकी हजुरआमाले उनलाई भनेको उनले सम्झिन्
। यो संसारमा उनलाई माया गर्ने उनकी हजुरआमा मात्रै
थिइन् । उनी पनि बितिसकिन् ।
उनले फेरि अर्को काँटी भित्तामा कोरिन् । उनको वरिपरि
उज्यालो फैलियो । त्यो उज्यालोमा उनले बूढी हजुरआमालाई
देखिन् । उनी उज्याली र स्पष्ट साथै कोमल र मायालु देखिन्थिन्
। "हजुरआमा," सानी केटी चिच्याइन्, "मलाई
पनि आफूसँगै लैजानुस् । सलाईको काँटी निभ्ने बित्तिकै
न्यानो अगेनो, सेकेको हाँस, ठूलो राम्रो क्रिसमस रुख
हराएजस्तै तपाई पनि हराउनुहुनेछ । मलाई थाहा छ ।"
यसैले उनले सलाईको पूरै मुठा बाल्न हतार गरिन्, किनकि
उनले हजुरआमालाई आफूकहाँ नै राख्न खोजेकी थिइन् । सलाईको
काँटीको मुठा बल्दा दिउँसो जत्तिकै उज्यालो भयो । त्यो
उज्यालोमा उनकी हजूरआमा साह्रै भव्य र राम्री देखिइन्
। उनले सानी केटीलाई अँगालोमा कसिन् र ती दुबै जना त्यो
उज्यालोमा रमाउँदै पृथ्वीको माथिमाथि गए । उनीहरू जाडो,
भोक, दुःख, पीडा केही नहुने ईश्वरकहाँ गए ।
विहान सबेरै मानिसहरूले सानी केटीलाई भित्तामा अडेसलाएर
बसेको देखे । उनका गाला पहेँलिएका थिए तर उनको मुख हाँसिरहेको
थियो । नववर्षो पूर्वसन्ध्यामा उनी जमेर मरेकी थिइन्
। नयाँ वर्षो र्सर्ूयको किरण सानो लासमाथि टल्क्यो !
मृत्युले उनको शरीरलाई दरो बनाएको थियो । उनको हातले
सलाई समातिरहेको थियो । सलाईको एक मुठा बलिसकेको थियो
। "उनले आफूलाई तताउने प्रयास गरी," कसैले
भन्यो । नववर्षो दिनमा उनले कस्तो राम्रो कुरा देखिन्,
अनि आफ्नी हजुरआमासँग उनी कुन गरिमामय लोकमा प्रवेश
गरिन् भन्ने कसैले पनि अनुमान गर्नसकेन ।
माथि
मूल पृष्ठमा जाउँ
|