विनय कुमार कसजुका कथा
बकुल्लो
र धूर्त बिरालो
एक दिन बिरालोलाई माछा खाने तलतल लाग्यो । आफ्नो मित
बकुल्लालाई खोज्दै ऊ पोखरीको किनारामा गयो । बकुल्ला
आँखा चिम्चेर माछाको चालको चेवा गरिरहेको थियो । बिरालोलाई
पानीमा पस्न डर लाग्यो । उसले पोखरीको किनारबाटै चिच्याएर
बकुल्लालाई बोलायो ।
बकुल्लो बिरालोको छेऊमा आइपुगेपछि बिरालोले भन्यो,
मिज्जु आज मैले तिमीलाई माछाको सुरुवा ख्वाउने विचार
गरेको छ । सुरुवा पकाउन मलाई दर्ुइचार वटा मोटाघाटा
माछा चाहिन्छ । घरमा माछा सिद्धिएको छ । म पानीमा पसेर
माछा मार्न सक्तिन । यसकारण त्रि्रो मदत चाहियो । मेरो
लागि दर्ुइचार वटा माछा समाति दिन सक्छौ कि -
बिरालोको कुरा सुनेर बकुल्लो दंग पर्यो किनकि उसले
काँचो माछा जत्ति पनि खाएको थियो । तर पकाएको माछा र
त्यसको सुरुवा खाएको थिएन । यसैले उसले गहिरो पानीमा
गएर बडो मेहनत गरेर मोटामोटा माछाहरु समात्यो ।
बिरालो खुशी हुँदै माछा बोकेर घरतिर लाग्यो । घर पुगेर
उसले माछाको सुरुवा बनायो र आफ्नो साथी बकुल्लोलाई सुरुवा
खान डाक्यो ।
बकुलालाई सबैभन्दा मिठोलाग्ने कुरा माछा नै हो । एउटा
माछा समात्न ऊ घण्टौँसम्म तपस्या गरेझैँ एउटा खुट्टटले
पानीभित्र उभिएर बस्नसक्छ । माछाको सुरुवा खाने निम्तो
पाएको हुनाले त्यो दिन उसले माछा मार्ने काम छाडेर हावामा
कावा खाँदै बितायो । साँझ परेपछि उसले आफ्ना सेता प्वाँखहरुलाई
चुच्चोले बुरुस लाएर टल्कायो र ठाँटिएर विरालोको निम्तो
मान्न गयो ।
बिरालो बकुल्लालाई पर्खेर बसेको थियो । टेबुलमाथि दुइटा
थालमा माछाको सुरुवा सजाएर राखिएको थियो । बकुल्ला पुग्ने
बित्तिकै बिरालोले भन्यो, मिज्जु मलाई त साह्रै भोक
लागेको छ चाँडचाँडै खाइहालौँ र गफ गर्न बसौला हुन्न
?
बिरालोको अनुरोध नमान्ने त कुरै थिएन किनकि बकुल्ला
पनि त्यो साँझ निम्तो मान्न जानु छ भनेर दिनभरि माछा
नमारी बसेको थियो । यसैले उसले हुन्छ मिज्जु खान थालौँ
भन्यो ।
बकुल्लाको सहमति पाएपछि बिरालोले थालमा भएको सुरुवा
जिब्रोले चाट्दै खान थाल्यो । तर बकुल्लाको चुच्चो लामो
भएको हुनाले उसले थालमा मुख गाडेर खान सकेन । माछाका
दुईचार वटा मसिना टुक्रा ठुँडले टिपे पनि सुरुवामा चुच्चो
गाडन सकेन ।
भोकै बस्नुभन्दा मुख फोर्नु बेस भनेर बकुल्लोले बिरालोसँग
साध्यो, "मिज्जु, मैले त थालमा खानै सकिन । तपाइँकहाँ
सुराही वा गहिरो बटुको होलानी ।"
बिरालोले सुरुवा खाँदै हाँस्दै भन्यो, "कहाँ हुनु
मसँग सुराही र बटुको । मैले त त्यस्तो भाँडामा खानै
सक्दिन । मेरा घरमा त थाल र प्लेट मात्रै छ ।"
भोकै फर्कनु पर्ने छाँट देखेपछि बकुल्लोले फेरि सोध्यो,
मिज्जु अघि समातेका माछाहरुमध्ये केही त बाकी होला कि
?
"ओहो मिज्जु, मैले त मिज्जुसँग बसेर पेटभरि खाउँला
भनेर दुबै जनालाई पुग्ने गरी सबै माछाको सुरुवा बनाएँ
। घरमा त कत्ति पनि माछा बाँकी छैन । बरु गँगटाका केही
खबटा छन् खानुहुन्छ भने ल्याइदिन्छु ।" बिरालोले
विनम्र हुँदै कुटिल मुस्कानसाथ भन्यो ।
हेर्दाहेर्दै बिरालोले सुरुवा सिध्यायो र जिब्रोले
मुख पुछ्न थाल्यो । भोको बकुल्लोलाई रिस उठ्यो । तर
केही बोलेन । ऊ निरास भएर घर फर्क्यो ।
केही दिनपछि बकुल्लोले बिरालोलाई माछाको सुरुवा खान
निम्तो दियो । बिरालो पनि आफ्नो टाटेपाटे कोटमा जिब्रोले
बुरुस लाएर टल्काएर सुकिलो भयो र बकुल्लोको निम्तो मान्न
गयो ।
बकुल्लाले बिरालोलाई पर्खिरहेको थियो । टेबुलमा दुइटा
ठूलाठूला सुराही भरि सुरुवा राखिएका थिए । सुराहीभित्र
तातोतातो सुरुवाबाट मगमग बासना आइरहेको थियो । बिरालो
पुग्ने बित्तिकै बकुल्लोले बिरालोलाई सुरुवा खान अनुरोध
गर्यो ।
तर बिरालोले लामो घाँटी भएको सुराहीभित्र मुख पसालेर
सुरुवा खान सक्तैनथ्यो । उसले बकुल्लोसँग घरमा थाल वा
प्लेट छ कि भनेर सोध्यो । बकुलाले सबै भाडा गहिरो सुराही
जस्तै भएको बताए पति बिरालेले भन्यो, "भइहाल्यो
म सुराही भित्रबाट खाने कोशिस गर्छु ।"
यति भनेर बिरालेले सुराहीमाथि चढन खोज्यो । बिरालोको
धक्काले सुराही ढल्यो । एउटा सुराही ढल्दा अर्को सुराहीलाई
पनि धक्का लाग्यो र त्यो सुराही पनि ढल्यो । टेबुलमाथि
ढलेका दुइटै सुराही गुल्टिँदै भुइँमा खसे । दुइटै सुराही
फुटेर सुरावा भुइँमा पोखियो र खाल्टाखुल्टी परेको भुइँमा
सुरुवाको ताल जम्यो ।
बिरालोले आफ्नो असावधानीले गर्दा सुराही फुटेर सुरुवा
पाखिएकोमा बकुल्लासँग माफीमाग्यो । उसले भन्यो, "के
गर्ने मिज्जु यस्तो मिठो सुरुवा पोखिइहाल्यो । यसलाई
खेर फाल्न भएन । म त भुइँमा पोखिएको भए पनि खान्छु ।"
बिरालोले भुइँमा पोखिएको सुरुवा मजाले खायो । दर्ुइ
सुराही सुरुवामध्ये एक सुराहीभन्दा धेरै सुरुवा बिरालोले
खान पायो । पेट भरिएपटि डकार्दै बिरालोले भन्यो, "धन्यवाद
छ मिज्जु तपाइँलाई । तपार्इँले सुरुवा खान नपाए पनि
मैले पेटभरि खान पाएँ । अब सुरुवा ख्वाउने पालो मेरो
हो । अवश्य आउनु होला ।"
बकुल्लोले केही भन्न नपाउँदै बिरालोले शुभरात्री भनेर
बिदा लिएर गयो । भोको बकुल्लो कहिले सबैरै होला र पोखरीमा
माछा मार्न जाउँला भनेर कल्पदै भोकै र अनिँदो भएर रात
बितायो ।
सानेपा, ललितपुर
२०६० चैत २५ गते ।
(मुसालाई दोसल्ला बालकथा संग्रहमा संग्रहित)
माथि
शीर्षक
पहिलो पृष्ठमा जाउँ |