हान्स
क्रि एन्डरसन
माटाको खुत्रुके
हान्स क्रिस्चियन एन्डरसन
अनुवादकः शान्तदास
खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको
थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका
ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त
सानो थियो तर पछि ठूला सिक्काहरू पनि सजिलै पसुन् भनेर
त्यसलाई ठूलो पारिएको थियो । त्यसभित्र थुप्रै सिक्काहरू
खसाल्दा टिङ्रिङ्ग बज्न छाडिसकेको थियो । यौटा जाबो
खुत्रुके सुँगुरले त्यसभन्दा बढी के चिताउन सक्थ्यो
र ! उसले दराजबाट तल हेर्यो । तल खेलौनाहरू छरिएका थिए
। उसलाई राम्ररी थाहा थियो अहिले उसका पेटमा रहेका पैसाले
तल छरिएर रहेका सबै बस्तु किन्न सकिन्थ्यो । यसउसले
ऊ अलि घमन्डी भएको थियो ।
हुन त त्यहाँ रहेका अरुलाई पनि त्यो कुरा थाहा थियो
तर तिनीहरू बोल्दैनथे । दराजको बीचको घर्रा आधा खुला
थियो र त्यहाँबाट एउटा अधबैसे पुतली घाँटी तान्दै बाहिर
हेरिरहेक थिई ।
कोठामा सबै कुरा छरिएका थिए । भित्तेचित्रहरू पनि
जथाभावी टाँगिएका थिए । यो कुरा स्वयं भित्तेचित्रहरूलाई
थाहा थियो, तर यसबारे तिनीहरू विरोध गर्न चाहँदैनथे
।
अहिले मध्यरातको बेला थियो । जुन झ्यालबाट कोठाभित्र
पोखिइरहेको थियो र उज्यालो फिजिएको थियो । अब कार्यक्रम
सुरु हुनै लागेको छ । निम्तो सबैलाई पुर्याइसकिएको छ,
भनुँ सबै पुतलीलाई र तिनका पनि खेलौनाहरूलाई समेत ।
माटाको त्यस खुत्रुके सुँगुरले मात्र लिखित निम्तोपत्र
पाएको थियो किनभने उ माथि, सबभन्दा माथि बसेको थियो
। सके मौखिक निम्तो उसकहाँसम्म पुग्न सक्तैनथ्यो । तर
उसले निम्तोपत्र पाइसकेर पनि आफ्नातर्फबाट देखाउनुपर्ने
कुनै शिष्टाचार भने देखाएन र आफू उपस्थित पनि भएन ।
उसका बिचारमा उसको सहभागिता ऊ जहाँ छ त्यहीँबाट हुनुपर्छ
भन्ने थियो र उसका तर्फबाट त्यही कुरा लागू गरियो ।
कार्यक्रममा सबभन्दा पहिले प्रहसन, त्यसपछि चियापान
र अन्त्यमा मन्तब्य दिने कुरा थियो ।
एक्कै ठाउँमा उभिएर अघिपछि हल्लिरहने घोडाले आफ्नो
शुद्व रगतको विषयमा गन्थन सुनायो र गाडीमा सयर गरिरहेकी
पुतलीले पनि बाफबाट चल्ने आफ्नो रेलगाडीबारे बकबक गर्न
थाली । त्यसरी नै तख्ताघडीले आफ्नै तालमा ढ्याङ्ग्रो
ठोक्यो ।
प्रहसन सुरु भएपछि दर्शकहरू पनि आआफ्नो रुचिअनुसार तारिफ
गर्दै हेरिरहेका थिए । कसैले बूढा कलाकारहरू राम्रा
हुँदैनन् भनेर आफ्नो राय व्यक्त गरे । पटाकाले चाहिँ
आफू त सबैलाई मन पराउँछु भन्ने कुरा राख्यो । फिकदानीले
भने यो र ऊ भनी भेदभाव राख्न नहुने कुरा अघिसार्यो ।
प्रहसन त्यति उल्लेखनीय थिएन तर कलाकारहरूको प्रस्तुतिचाहिँ
प्रशंसनीय रह्यो । अझ कुनैकुनै कलाकारले त डबलीभन्दा
बाहिर आएर समेल अफ्नो अभियन प्रस्तुत गरे र त्यसले गर्दा
प्रहसन अझ रोमाञ्चाकारी बन्यो । दराजका घर्रामा रहेकी
अधबैंसे पुतली प्रहसन हर्दाहेदै भावुक भएर घर्राबाट
तल हामफाली । त्यसरी नै दराजमाथिको खुत्रुके सुँगुर
रङ्गमञ्चमा आफू पनि सहभागी बन्न आतुर बन्यो, उ परिआए
ज्यानै फाल्न पनि तयार भयो ।
सबै प्रसन्न मुद्रामा थिए किनभने कार्यक्रम राम्ररी
चलिरहेको थियो । त्यसपछि तिनीहरूले एकमतोले चियापानको
कार्यक्रम रद्द गरे । अनि सबैले आ-आफ्ना विषयमा सोच्न
थाले । खुत्रुके सुँगुरले पनि आफ्नो सम्पूर्ण ध्यान
आफूमै केन्द्रित गर्यो र गम्दागम्दै त्यसले आफ्ना इच्छापत्र
र अन्त्येष्टिबारे समेत सोच्न थाल्यो ।
भ्वाङ्ग ! लौ, माटाको खुत्रुके सुँगुर साँच्चै भावुक
भएर अकस्मात् तल खस्यो र त्यसभित्र रहेका सानाठूला सबै
सिक्काहरू यत्रतत्र पुगे । खुत्रुके सुँगुरका पेटमा
सबभन्दा बढी थिचिएर बस्नु परेकाहरूचाहिँ फुक्का हुन
पाएकामा सबभन्दा बढी खुसी हुँदै गुड्न र उफ्रन थाले
। खुत्रुके सँगुर भने फुटेर टुक्राटुक्रा भयो । पछि
ती सबै बटुलेर रद्दीको टोकरीमा फ्याँकिए ।
त्यसपछि पोलेका माटाको अर्को टलकदार खुत्रुके त्यहाँ
आइपुग्यो । यसरी नयाँ खुत्रुकेको कथा सुरु भयो , तर
हाम्रो कथा भने यहीँ टुङ्गियो।
साभारः "कथाकोसेली ६" (हान्स एन्डरसनका कथाहरु)
बाट
माथि
मूल पृष्ठमा जाउँ
|